काठमाडौं । राष्ट्रिय वाण्ज्यि बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका बेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दिए ।

पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफ्न्तले उनलाई हतार–हतार अस्पताल पु¥याए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१) ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’ कम्पनीको नाममा ७८ करोड रुपैयाँ कर दायित्व थियो ।

कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका थिए । उनका कतिपय आफ्न्तलाई नक्कली हो कि भन्ने लाग्यो । कार्यालयमा आएर बुझ्दा सक्कली नै रहेछ । तर उनका नागरिकताको आधारमा अरूले नै स्याटेलाइट कम्पनी दर्ता गरेर कारोबार गरेको खुल्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments