मेलबर्न । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफूलाई बर्खास्त नगरिएको स्पष्टिकरण दिएकी छिन् । उनले केही मिडिया मार्फत स्पष्टिकरण दिंदै केही दिन पछि पत्रकार सम्मेलन गर्ने बताएकी हुन् ।

अष्ट्रेलियामा राजदूत शेर्पाका चालक वांग्छु शेर्पाले मानव तस्करीको जघन्य आरोप लगाएपछि यस विषयमा बुझ्नका लागि परराष्ट्र मन्त्रालयले उनलाई काठमाडौं बोलाएको थियो । काठमाडौंमा नै रहेकी उनलाई केही दिन अगाडी सरकारले पदबाट बर्खास्त गरेको समाचार बाहिर आएको थियो ।

यसै विषयमा बुधबार उनले भनेकी छिन्, ” कुटनैतिक मूल्य र मान्यताका कारण म सरकारको अनुमति नभइकन सार्वजनिक रुपमा बोल्ने कुरा भएन। कसैले कपोलकल्पित आरोप लगाएकै भरमा मेरा विरुद्ध नानाथरि कुरा गरिएका छन्। दाहाल सरकारले नोमिनेसन गरेर देउवा सरकारले निरन्तरता दिएको हो मेरो नियुक्ती। मैले कहाँबाट अहिलेको सरकारसँग सौदावाजी गर्नु ? ”

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments