मेलबर्न । अष्ट्रेलियाको एक भिसामा सबैजसो राज्यमा अस्थायी रोक लगाइएको छ । अस्थायी रोक लगाइएको भिसामा बिजनेस तथा इन्भेस्टर भिसा रहेको छ ।

सबक्लास १८८ मा बिजनेस इनोभेसन, सिग्नीफिकेन्ट इन्भेस्टर, इन्भेस्टर, इन्टरपेनर, सबक्लास १३२ मा बिजनेस ट्यालेन्ट पर्मानेन्ट सिग्नीफिकेन्ट बिजनेस हिस्ट्री लगायत भिसामा अस्थायी रोक लगाइएको छ । सुरुमा न्यु साउथ व्ह्लेसले आफ्नो बिजनेस भिसामा रोक लगाएको थियो । त्यसपछि क्विन्सल्याण्ड, अहिले भिक्टोरिया र वेस्टर्न अष्ट्रेलियाले समेत यो भिसामा रोक लगाएका छन् ।

सबै राज्यका वेबसाइटमा यी भिसामा आवेदन बढी भएकोले केही समयको लागि रोक लगाइएको, तर छिट्टै फेरी खुल्ने बताइएको छ ।

विज्ञहरुका अनुसार, तोकिएको व्यवसायिक पुंजी कम भएकोले विकसित देशका व्यवसायीहरु यी भिसामा आएर अष्ट्रेलियामा व्यवसायिक रुपमा स्थापित हुन सजिलो छ । त्यसैले पनि यी भिसामा विदेशीहरुको आकर्षण बढेको छ । जसले गर्दा सरकारले बिजनेस भिसामा केही परिवर्तन ल्याउन अथवा जनसंख्या तथा सहरीकरण व्यवस्थापनका लागि यस्तो रोक लगाएको अनुमान गर्न सकिन्छ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments