काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने काम मंगलबारदेखि प्रारम्भ गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले तीन दिनभित्र आफ्ना सांसदलाई रुचि रहको तीन मन्त्रालयको नाम पेस गर्न निर्देशन दिएको छ ।

१ वर्षअघि संघीय संदद्को नयाँ विधान बनाउँदा नै कांग्रेसले छाया सरकारको प्रावधान बनाएको थियो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भन्नुभयो,‘तीन दिनभित्र सांसदहरुले रुचिका मन्त्रालयहरुको लिस्ट दिएपछि कार्यसमितिकाे बैठक बसेर अन्तिम टुंगो लगाउने छौँ।’

मंगलबारको बैठकपछि लिखित रुपमै पार्टीका सांसदहरुलाई तीन वटा रुचि भएका मन्त्रालयको नाममा आफूलाई सिफारिस गर्न निर्देशन गरिएको खाँणले बताउनुभयो । कांग्रेस संसदीय दलको मंगलबारको बैठकले सभामुखको भूमिकासमेत निष्पक्ष नभएको भन्दै आइन्दा त्यस्तो व्यवहार नदेखाउन चेतावनीसमेत दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments