काठमाडौं । आधुनिक जीवनशैलीले मानिसमा अस्वस्थता बढ्दै गएको छ । पछिल्लो समय पत्थरीको समस्या कलिलो उमेरदेखि परिपक्क उमेरसम्मकोमा देखिन थालेको छ ।

मोटा व्यक्तिहरुमा पित्तथैलीको समस्या बढी हुन्छ। त्यस्तै, पानी नपिउने र सुख्खा खाना खाने व्यक्तिहरुमा पत्थरीको सम्भावना बढी रहन्छ । अरु रोग जस्तै मधुमेह, ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिहरुमा पनि पत्थरीको सम्भावना बढी हुन्छ। पत्थरी हुने एक मूख्य कारण खानपिन भएको हुँदा, अत्यधिक पानी पिउने, फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ । आजकलका बच्चाहरुमा चकलेट, बिस्कुट, चाउचाउको अत्यधिक सेवनले पनि पत्थरी हुने गरेको छ ।

पत्थरी हुँदा, केही घण्टा लगातार पेट दुख्छ र रोकिन्छ। तर, त्यसपछि फेरी पेट दुख्न थाल्छ । पत्थरी रोग लागेको सुरुमै थाहा हुन सक्यो भने उपचार विधि सरल हुन्छ। तर, सुरुमा थाहा नपाएर यो बढ्दै गयो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments