मेलबर्न । अष्ट्रेलियाको सिडनीमा थारू समुदायको ठूलो चाड माघीको अवसरमा विशेष कार्यक्रमको आयोजना हुनेभएको छ ।

थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा आगामी माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पे पार्कमा माघी कार्यक्रम हुन लागेको हो । बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने कार्यक्रममा थारु साँस्कृति नृत्यसहित थारु खानाका परिकार राखिनेछ। थारुका अलवा अन्य समुदायको पनि कार्यक्रममा सहभागिता रहने आयोजकले जानकारी दिए। सिड्नीबाहेक अन्य राज्यमा बस्ने थारुहरु पनि कार्यक्रममा सहभागी बन्नेछन् ।

यस किसिमले माघी थारुहरुले अष्ट्रेलियामा पहिलो पटक मनाउन लागिएको हो ।

थारु सोसाइटी अष्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीले कार्यक्रममा सहभागी हुन थारु समूदायसहित अष्ट्रेलियामा बस्ने सबैलाई आग्रह गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments