मेलबर्न । अष्ट्रेलियामा गत वर्ष अर्थात २०१८ मा अपराधिक क्रियाकलापमा संलग्न सयौं जना देश निकाला भएका छन् । मन्त्री पिटर डटनले अपराधिक मानसिकता भएका व्यक्तिलाई अष्ट्रेलियामा ठाउँ नभएको बताएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत वर्ष ८ सय जनालाई देश निकाला गरिएको छ ।

देश निकाला भएका ८ सय जना मध्ये १ सय जना बालयौन हिँसामा संलग्न थिए । ५ सय जना हिंसात्मक घटनामा संलग्न थिए । ५३ जना घरेलु हिंसामा संलग्न भएका कारण कारबाहीमा परेका थिए । त्यस्तै, ३४ जना यौन हिंसा, १३ जना हत्या, १सय २५ जना हिंसात्मक आक्रमण, ५६ जना लुटपाट सम्बन्धि अपराधिक क्रियाकलापमा संलग्न थिए ।

घरेलु हिंसा न्यूनीकरणको लागि सरकारले चालेको कडा कदम, भिसामा कडाइ आदिका कारण २०१९ मा रद्द हुने भिसाको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments