एजेन्सी । महिलाहरुलाई सौन्दर्यसंग जोडेर हेर्ने गरिन्छ । महिलाको शारीरिक बनावट देखि उसको छालाको रंग, नाकको आकारको आधारमा समेत महिलाको मूल्यांकन गरिन्छ ।

सामान्यतया : पुरुषको शरीरमा रौँ बाक्लो हुन्छन् भने महिलाको शरीरमा रौँ कम हुन्छन् । प्राकृतिक नियमलाई नो चिर्दै पछिल्लो समयमा महिलाको शरीरमा कतै पनि रौँ नहुनुलाई सौन्दर्य मानिन्छ । जसले गर्दा महिलाहरुले काखीको, हात खुट्टाको, अनुहारमा आएको अलिअलि रौँ समेत निकाल्ने गर्छन् । अनुहारमा, हातखुट्टामा तथा काखीमा महिलाको रौँ देखियो भने फोहोरी, लाजमर्दो, नराम्रो मान्ने चलन बढ्दै गएको छ ।

यही दृष्टिकोणलाई हटाउनुपर्छ र आफ्नो प्राकृतिक रुपलाई माया गर्नुपर्छ भन्ने संदेशका साथ अहिले महिलाहरुले शरीरको रौँ ननिकाल्ने अभियान सुरु गरेका छन् । यो अभियान बेलायतकी २१ वर्षिया लारा ज्याक्सनले सुरु गरेकी हुन् । रंगमंचकी विद्यार्थी उनले नाटक खेल्दा रौँ नफालेपछि आफूमा आएको विचार र अहिलेको सौन्दर्यको मापदण्डले गर्दा शारीरिक बनावटका कारण होच्याइने प्रवृत्तिले यो कदम उठाएको बताएकी छिन् । उनको यो अभियान ‘Januhairy’ मा धेरैले साथ दिइरहेका छन् ।

यो अभियान मार्फत सहयोग रकम समेत उठाइएको छ । उक्त सहयोग रकम ‘आर्ट्स एण्ड एजुकेशन च्यारिटी’ मा जानेछ , जसले शरीरको प्राकृतिक बनावट प्रति सकारात्मक दृष्टिकोण फैलाउने काम गर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments