मेलबर्न ।  अष्ट्रेलियालाई सन् २००९ देखि बस्दै आएका गायक ईश्वर पोखरेलले ‘कति राम्री’ बोलको गीत सार्वजनिक गरेका छन् ।

करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका गायक पोखरेलले ‘शीतल’ र ‘अराइज’ नामक दुई सोलो एल्बम रिलिज गरिसकेका छन् । साथै अष्ट्रेलियाबाटै दुई वर्ष अघि रिलिज भएको सामूहिक गीति एल्बम ‘उडान’ पनि उनको गीत समावेश छ ।

गायक पोखरेलको पछिल्लो गीत ‘कति राम्री’ मा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा रविन भुजेल र सारा श्रृपालीको अभिनय रहेको छ भने ‘नेपाली ठिटोज’ समूहले साथ दिएका छन् ।

यो गीत गायक पोखरेलले आफ्नै आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् । ‘कति राम्री’ गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग आफ्नी प्रेमिकालाई दाँज्ने प्रयत्न गरिएको छ।

Comments

comments