काठमाडौं । मेडिकल कलेजमा अध्ययन गर्ने छात्रालाई जिस्क्याउने तथा मानसिक यातना हुनेगरी कार्य गर्ने जनकपुरको जानकी मेडिकल कलेजका एक जना चिकित्सलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–६ घर भएका डा। राकेश पाण्डे रहेका छन् । जानकी मेडिकल कलेजमा इन्टर्नसिप गर्दै आएका चिकित्सक डा पाण्डेले कलेजमा मादकपदार्थ सेवनसमेत गर्दै आएको प्रहरीले जनाएको छ ।

डा। पाण्डेलाई हिरासतमा राखी अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

comments