एजेन्सी । अर्जेन्टिनाका लेजेण्ड फुटबलर तथा प्रशिक्षक डिएगो म्याराडोना अस्पतालबाट घर फर्किएका छन् । पेटमा आन्तरिक रक्तश्राव भएपछि अस्पताल भर्नाएका म्याराडोनाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएको उनकी छोरीले बताएकी छन् ।

५८ वर्षका म्याराडोनाले अर्जेन्टिनामै आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउन पुगेका थिए । सोही क्रममा डाक्टरले उनको पेटमा आन्तरिक रक्तश्राव भएको थाहा पाएका थिए र म्याराडोनालाई अस्पताल भर्ना गरिएको थियो । तर समस्या गम्भीर नरहेको र उपचार भएको उनको पारिवारले जानकारी दिएको छ ।

म्याराडोनाकी छोरी डाल्माले भनेकी छन्, ‘मेरो बुवाको स्वास्थ्य अवस्थाका बारेमा चिन्तामा रहेका सबै शुभचिन्तकलाई यो जानकारी दिन चाहन्छु कि उहाँको अवस्था राम्रो छ र घर फर्किनु भएको छ।’

सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्ने बेला टिमको कप्तान रहेको म्याराडोना अहिले मेक्सिकोको दोस्रो डिभिजनको क्लब डोराडोस डी सिनालोएका प्रशिक्षक छन् ।

Comments

comments