अष्ट्रेलियाको क्यानबेरा क्यापिटल टेरेटोरीलाई  संसारकै सबै भन्दा उत्कृष्ट बसोबास स्थलको रुपमा चुनिएको छ | अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एंड डेभलपमेन्ट  ( OECD) ले गरेको एक अध्ययनले क्यानबेरालाई उत्कृस्ट बसोबास योग्य ठाउँको रुपमा छनौट गरेको हो | उक्त अर्गनाइजेसनले  आफ्ना ३४ सदस्य राष्ट्रका  ३ सय ६२  क्षेत्रमा गरेको अध्ययनले अष्ट्रेलियाललाई बसोबासको लागि उक्रिस्ट देश ठहर गरेको छ | संसारका  उत्कृष्ट ठाउँ मध्ये क्यानबेरा संगै सिड्नी, मेलबर्न र पर्थ सर्बोत्कृष्ट १० भित्र परेका छन् |  बसोबासको उत्कृष्टताको मापन त्यहाँको प्राकृतिक सौन्दर्य , आर्थिक श्रोत, शिक्षाको अवसर, सामाजिक सुरक्षा र सौहार्दता , स्वस्थ वातावरणलाई  आधार मानेर गरिएको अध्ययनमा उल्लेख छ |

बसोबास योग्य स्थलहरुको सबै भन्दा तल्लो स्थानमा मेक्सिकन सहर , टर्की, हंगेरी पोल्याण्ड र स्लोभाकिया परेका छन् | जहाँका  मानिसहरु अभावमा जीवन दैनिक गुजारा गरिरहेका छन् |

Comments

comments