काठमाडौं । केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अगाडि सारिरहेका बेला प्रदेश ३ सरकारले जनप्रतिनिधिको तलबमा ८७ दशमलव ५ प्रतिशतले वृद्धि गरेको छ ।

बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवासुविधा बढाउने निर्णय गरेको हो ।

यसअघि ८ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब मासिक १५ हजार पाउनेछन् । यस्तै, उपमहानगरका सदस्यहरुले मासिक १३ हजार, नगरपालिकाका सदस्यहरुले मासिक ११ हजार र गाउँपालिका सदस्यहरुले ७ हजार रुपैयाँ तलब पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments