आगामी सेप्टम्बरदेखि बन्द हुने भनिएको चर्चित भारतीय टेलिभिजन कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’ बन्द नहुने भएको छ । कार्यक्रम निर्माता प्रिति सिमोएले कार्यक्रम बन्द हुने समाचारको खण्डन गर्दै कपिलले गरेको ट्विटको गलत अर्थ निकालिएको बताएका छन् ।
उनले भने ‘कपिलले सुटिङबाट केही समयका लागि ब्रेक लिन खोजेका हुन, कार्यक्रमबाट होइन ।’ हामीले कार्यक्रमको सेट र केही कलाकार परिवर्तन गर्न खोजिरहेका छौ तर हप्तामा दुई एपिसोडको सुटिङ हुने भएकाले समय नमिलेको उनले बताए ।

‘त्यसैले हामीले लगातार १५÷२० एपिसोड गर्नेछौ र केही दिनका लागि ब्रेक लिइ नयाँ सेट र नयाँ तरिकाबाट प्रस्तुत हुनेछौ’ उनले भने ।

Please follow and like us:

Comments