सर्वाेच्च अदालतको परमादेशबमोजिम आफूहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा नगरेपछि हिजोबाट अवकास पाएका चार डीआइजी सरकारविरुद्ध पुनः अदालत गएका छन् ।

सरकारले अदालतको अवहेलना गरेको भन्दै स्वतः अवकाशको भोलिपल्टै उनीहरु एआइजीको पदवहाली गराई पाउँ भन्दै सर्वोच्च अदालतमा गएका हुन् । साउन २९ गते ९ डीआइजीलाई मन्त्रिपरिषदले एआइजीमा बढुवा गरेपछि आफूहरुमाथि अन्याय भएको भन्दै तत्कालीन डीआइजीहरु यादव अधिकारी, परशुराम खत्री, सुशीलबरसिंह थापा र विश्वराजसिंह शाही अदालत गएका थिए ।  सर्वाेच्चले असोज ८ गते सरकारको नाममा परमादेश जारी गर्दै चारैजना डीआइजीलाई एआइजीमा बढुवा गर्नु भनेको थियो ।

सरकारले आदेश कार्यान्वयन नगर्दा असोज २१ गतेबाट उनीहरु ३० वर्षे सेवा अवधि पूरा गरेर स्वतः अवकाशमा गएका थिए । अवकाशको भोलिपल्टै चारैजनाले सरकारले अदालतको अवहेलना गरेको भन्दै मानहानीको रिट दायर गरेका छन् ।

Comments