काठमाडौं । चर्चित बलिउड अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानडामा निधन भएको छ। श्वासप्रश्वासको समस्याबाट पीडित खानको केही समयदेखी क्यानडामा उपचार भइरहेको थियो।

उनको क्यानेडियन समय अनुसार डिसेम्बर ३१ तारिख बेलुका ६ बजे निधन भएको जानकारी दिइएको छ। दिउँसो अचानक कोमामा गएका उनको साँझ निधन भएको हो।

१९८० र ९० को दशकमा अति नै चर्चित रहेका खानको हिजै निधन भएको समाचारहरु बाहिर आएपछि छोरा सर्फराजले त्यसको खण्डन गरेका थिए। काबुलमा जन्मिएका खानले १९७३ मा राजेश खन्ना अभिनित फिल्म ‘दाग’बाट बलिउडमा प्रवेश गरेका थिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments