एच एन्ड बी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत र कर्मचारी पक्राउ परेका छन् ।

ग्राहकको खातामा रहेको रकम ठगीको आरोपमा बैंकका पूर्वसिईओ जसोधा सैंजु र पूर्व कर्मचारी पुष्पज्योती ढुङगाना आज पक्राउ परेको प्ररहीले जनाएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको रकम हराएको भन्ने उजुरी भौचर सहित प्रहरीमा गरेपछि प्रहरीले अनुसन्धानका लागि सैँजु र ढुङगानालाई नियन्त्रणमा लिएको हो । ग्राहकले  आफ्नो चार करोड ७७ लाख रुपैया ठगी भएको उजुरी प्रहरी गरेका छन् ।

Comments