एजेन्सी । बलिउड अभिनेता कादर खानको निधनको खबरमा सत्यता नभएको पारिवारिक स्रोतले जनाएको छ । क्यानडामा उपचार गराइरहेका वरिष्ठ अभिनेता खानको निधन भएको खबर प्रसारित र प्रकाशित भएपछि उनको परिवारले खण्डन गरेको हो ।

सोमवार विहान समाचार एजेन्सीहरुसँग कुरा गर्दै अभिनेता खानका छोरा सरफरोजले खबरमा कुनै सत्यता नभएको बताए । ‘मेरो वुवा अझै अस्पतालमा उपचाररत हुनुहुन्छ । बाहिर आएका खबर सबै निराधार र हल्ला मात्र हुन् ।’

८१ वर्षीय अभिनेता खान बलिउडका वहुप्रतिभाशाली व्यक्तित्व मानिन्छ । हाँस्य र खल अभिनयमा निकै रुचाइएका उनी दर्जनौं चलचित्रहरुका लेखक समेत हुन् ।

Comments