भारतले विवादास्पद कश्मिरमा पाकिस्तानले आक्रमण नरोके त्यसको कडा प्रतिवाद गर्ने चेतावानी दिएको छ ।

भारतीय रक्षामन्त्री अरुण जेट्लीले आक्रमण जारी राखे पाकिस्तानले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । उनले पाकिस्तानमा सक्रिय लडाकुको घुसपैठ सहज पार्न पाकिस्तानी सेनाले भारतीय भूमिमा फाइरिङ गरेको आरोप लगाएको विविसिले जनाएको छ । भारत र पाकिस्तानबीच पछिल्लो समय विवादास्पद सीमा क्षेत्रमा दोहोरो फाइरिङमा परी ११ पाकिस्तानी र ८ जना भारतीयको मृत्यु भैसकेको छ । दुवै पक्षले एकअर्कामाथि आक्रमणको दोष लगाउँदै आएका छन् ।

Please follow and like us:

Comments