काठमाडौं । सेलो गायिकाका रुपमा लोकप्रिय मिङ्स लामा यस वर्षको सोनाम ल्होछारमा ओमानमा आयोजना हुने सांगीीतक कार्यक्रममा सहभागी हुने भएकी छिन् ।

नेपाल तामाङ समाज ओमानले मञ्जुश्री सम्वत् २८५५ फाग ल्हो तथा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आगामी फ्रेब्रुअरी ८ मा आयोजना हुने कार्यक्रममा गायिका मिङस् लामाले डम्फूमा सेलो, च्याङ्बा है नाचौं डम्फूको तालैमा लगायतका आफ्ना लोकप्रिय गीतहरु गाउने छिन् । प्रवासमा रहेका नेपाली दर्शक श्रोताहरुबीच ल्होछारको अवसरमा सांगीतिक भेटघाट गर्न पाउदा खुशी लागेको गायिका मिङ्सले बताइन् ।

बहु जाती, बहु भाषी, बहु संस्कृती र बहु चाड(पर्व रहेको नेपालको पहिचान अन्तर्गत रहेका तामाङ समुदायले मान्दै आएको महत्वपूर्ण चाड सोनाम ल्होछारको आयोजना गरिएको हो।

कार्यक्रममा गायक सुरज थापाका साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जानकारी दिएको छ। कार्यक्रमबाट बचेको रकम नेपालका बिकट गाउँको शैक्षिक बिकासको लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

Comments

comments