मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षमा हुने सांगीतिक कार्यक्रममा चर्चित गीत सिमसिमे पानीमाकी गायिका रेखा शाहको प्रस्तुति रहने भएको छ ।

धादिङ अष्ट्रेलिया समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी हुन गायिका शाह जनवरी पहिलो साता सिड्नी आउन लागेकी हुन् । जनवरी ५ शनिवार साँझ इन्द्रेणी फङ्शन सेन्टर रकडेलमा आयोजना हुने सांगीतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने तयारी भएको छ ।

कार्यक्रममा गायिका शाहसँगै सिड्नीका चर्चित नेपाली कलाकारहरु रमण रेग्मी, दिवाकर रिमाल, ईश्वर पोखरेल, दीपा अधिकारी लगायतको प्रस्तुती रहनेछ ।

नयाँ बर्ष शुभकामना साँझु नाम दिइएको कार्यक्रमबाट संकलन हुने रकम राजमार्ग नमूना बाल उद्यान पार्क निर्माण सहयोगार्थ खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

सोही दिन धादिङ अष्ट्रेलिया समाजको बार्षिक साधारणसभा पनि हुने तय भएको छ । साधारणसभाले समाजको नयाँ नेतृत्व चयन गर्नेछ । धादिङ अष्ट्रेलिया समाज धादिङ जिल्लाबाट अष्ट्रेलियामा आइ बसोबास गर्ने ब्यक्तिहरुबाट जिल्लाको साझा हितका लागि स्थापना गरिएको सामाजिक संस्था हो ।

Comments

comments