मेलबर्न । अष्ट्रेलियामा भव्यताका साथ माघे संक्रान्ती मनाउने तयारी भइरहेको छ । मगर समाज भिक्टोरियाले कार्यक्रमको आयोजना गर्ने भएको हो । नेपालमा विशेषगरि मगर समुदायले माघे संक्रान्ती पर्व धुमधामका साथ मनाउने गर्छन् । अष्ट्रेलियाको भिक्टोरियामा रहेको मगर समुदायले आफ्नो संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनको लागि कार्यक्रमको आयोजना गर्न लागेको हो ।

‘माघे संक्रान्ति २०१९’ कार्यक्रममा दमदार प्रस्तुति दिनको लागि निलिमा थापा मगर र प्रगती पुन आउने भएका छन् । निलिमा नेपाली आइडल – २ की गोल्डेन माइक विजेता तथा उत्कृष्ट सातौँ प्रतिस्पर्धी हुन् भने प्रगती नृत्य प्रतियोगिता बुगी वुगीकी रनरअप हुन् ।

माघे संक्रान्ती आगामी जनवरी २०, आइतबारका दिन हुनेछ । Estonian House मा हुने कार्यक्रममा उत्साहजनक सहभागिताको लागि मगर समाजले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments