मेलबर्न । अष्ट्रेलियामा एक्स्पर्ट क्रिकेट फेस्टिभल २०१८ हुनेभएको छ । क्रिकेट फेस्टिभल अष्ट्रेलियाका चार मुख्य शहरमा हुनेछ । ‘सबै मिली नेपाली क्रिकेटको प्रबर्द्धन गरौँ ‘ भन्ने नाराका साथ एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सीले कार्यक्रमको आयोजना गरेको हो । 

मेलबर्न शहरमा ‘एक्स्पर्ट क्रिकेट फेस्टिभल’ को भव्य तयारी भइरहेको छ । आगामी ३० डिसेम्बर, आइतबारका दिनमा हुने फेस्टिभलमा क्रिकेट खेलाडीहरुसंग अन्तरक्रिया, प्रशिक्षण, बार्बिक्यु पार्टी लगायतका कार्यक्रम रहने आयोजकले जनाएका छन् । फेस्टिभलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस शाह संगै क्रिकेटरहरु दिपेन्द्र सिंह ऐरी, सुबास प्रधान, सुनाम गौतम, यस्वंत सुवेदीको उपस्थिति रहनेछ ।

आयोजकका अनुसार, एक्स्पर्ट क्रिकेट फेस्टिभलमा बालबालिकाहरुको मनोरंजनको लागि जम्पिंग क्यासल र फेस पेन्टिंग समेत रहनेछ । बिहान १० बजे देखि बेलुका ४ बजेसम्म हुने फेस्टिभल Debney ‘s Park Flemington Victoria मा हुनेछ ।

एक्स्पर्ट क्रिकेट फेस्टिभल २०१८ मेलबर्न पछि सिड्नीमा आगामी जनवरी ५ र ६ मा, ब्रिसबेनमा आगामी जनवरी १० मा र एडलेडमा आगामी जनवरी १२ मा हुनेछ ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments