काठमाडौं । बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खान अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ ।

साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जानकारी कादर खानका छोरा सरफराज खानले दिएका हुन् ।

कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । सरफराजका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।

Comments