काठमाडौं । बिरामीलाई उपलब्ध गराइने रगत अस्पतालहरुको लापरबाहीले दूषित हुने गरेको पाइएको छ । रक्तसञ्चार केन्द्रबाट अस्पतालले लग्ने रगत हप्तौंसम्म अस्पतालमा भण्डारण हुने भएपछि रगतको शुद्धतामाथि प्रश्न उठेको छ ।

अस्पतालले बिरामीलाई तत्काल रगत आवश्यक परेको भनेर रक्तसञ्चार केन्द्रबाट मगाउने तर लामो समयसम्म भण्डारण गरिराख्ने भएकाले रगत दूषित हुने गरेको केन्द्रका उपमहानिर्देशक डा. प्रकाश यादवको गुनासो छ । केन्द्रले अस्पतालकै कारण रगत असुरक्षित भएको आरोप लगाएको छ ।

राजधानीका अस्पतालहरुले १ सय युनिट रगत लगेकोमा एक हप्तापछि १५ युनिटसम्म रगत फिर्ता गराउँदै आएका छन् । यसरी होल्ड गरेर फिर्ता गर्दा रगत बिग्रने गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments