काठमाडौं ।  मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बिहिबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो ।

मनाङलाई जित दिलाउन पुजन उपरकोटी र एडीलाजा सोमिडेले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । संकटाका सेड्रिक अबाले एक गोल फर्काए ।

मनाङले एक खेलमा पनि नहारी एक खेलमा पनि बराबरी नभइ लिगको उपाधि जितेको हो । यससंगै मनाङले कीर्तिमानी आठौं पटक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । उसले यसअघि २०४३,४४,४६,२०५७, २०६० र २०६२ तथा २०७१ सालमा उपाधि जितेको थियो।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments