काठमाडौँ । भूकम्प गएको झण्डै ४ वर्षपछि धरहरा पुनर्निर्माणले औपचारिकता पाउनेभएको छ । नयाँ बन्ने धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा ९ २०७२ साल फागुन ४ गते ( ‘म बनाउँछु मेरो धरहरा)  अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नलाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।

Comments

comments