मेलबर्न । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछार अष्ट्रेलियाको भिक्टोरिया राज्यमा विशेष कार्यक्रम गरी मनाइने भएको छ ।

आगामी शनिबार २९ डिसेम्बरमा कुकुर वर्गको बिदाई र मृग वर्गको स्वागत गर्दै ल्होछार कार्यक्रम गर्न लागिएको हो । परम्परागत पूजापाठदेखि गीत, संगीत र मनोरञ्जनका साथ नयाँ वर्षलाई स्वागत गर्दै ल्होछारको खुशी बाँड्न आयोजित कार्यक्रम स्थानीय मेलभिल रोडमा रहेको ईस्टोनिय हाउसमा हुनेछ । कार्यक्रम साँझ ५ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

आयोजक तमु समाज भिक्टोरियाले कार्य कार्यक्रममा सहभागी हुन र आफ्नो चडावाड संस्कृतिको जगेर्ना गर्नुका साथै यहाँको दोश्रो पुस्तामा समेत यसलाई हस्तान्तरण गर्ने कार्यमा योगदान दिन आग्रह गरेको छ । कार्यक्रमलाई भिक्टोरियन मल्टिकल्चरल सेन्टरले सहयोग गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments