काठमाडौं । खानेपानी मन्त्री विना मगरले सरकार मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न संयमित र प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको छ ।

वास मिडिया फोरम नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सफलताको मुखैमा पुगेको मेलम्ची खानेपानी आयोजनामा देखिएको पछिल्लो समस्या विज्ञहरुको परामर्शको आधारमा समाधान गर्ने बताउनुभयो । उहाँले इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सो आयोजनाको काम सम्पन्न गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन पनि सो कम्पनीलाई आग्रह गर्नुभयो ।

सिएमसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको भन्दै उहाँले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित रहेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाइदा लिन कसैलाई नदिइने दृढता व्यक्त गर्दै आयोजनाको बाँकी काम पूरा गर्न ‘सिएमसी’ कम्पनीलाई विश्वसनीय वातावरण बनाउन पनि पटक–पटक आग्रह गर्नुभयो ।

इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ले बजेट अपुग हुने भन्दै सो आयोजनाको काम पूरा गर्ने दायित्वबाट पछि हट्न थालेपछि मन्त्री मगरले सो कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठाउनु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments