कालीकोट । कालीकोटको पलाता गाउँपालिका–१, खाँडागाउँमा भीषण आगलागी भएको छ ।

सोमबार बिहानैदेखि लागेको आगोले टोलका करिब ३० घर नष्ट भएका छन् । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सल्केको आगोले गणेश आधारभूत विद्यालयसँगैको पुरै बस्ती जलेको छ । घरहरु खरले छाएका कारण आगो टोलभरि फैलिएको हो ।

आगो निभाउन प्रहरी र स्थानीयवासीले बिहानैदेखि प्रयास थाले पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । पानीको स्रोत नजिक नभएकोले आगलागी नियन्त्रण गर्न कठिन भएको छ । आगलागी के कारणले भएको भन्ने बारे यकिन नभएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments