मेलबर्न । अष्ट्रेलियाको कानुन अनुसार, जुनसुकै सेवा तथा वस्तुमा पनि ‘ग्यारेन्टी’ हुन्छ । ग्राहकले आफूले लगेको सामान फिर्ता गर्ने, मर्मतको गरिदिन लगाउने या पैसा फिर्ता पाउने अधिकार हुन्छ । ग्राहकले लिएको सेवामा ग्राहकले पैसा फिर्ता माग्ने हक हुन्छ । यदि आफूले किनेको पसलमा त्यो सामान मर्मत गरिएन र अरु ठाउँमा गरियो भनेपनि सामान किनेको पसलमा मर्मत खर्चको बिल बुझाएर त्यस वापतको पैसा लिन सकिन्छ ।

अष्ट्रेलियाको उपभोक्ता सम्बन्धि नियममा उपभोक्तालाई कुनै पनि किसिमको नोक्सानी हुन नदिनको लागि कडा कानुन बनाइएको छ । तर, यो कानुनले व्यवसायी भने मारमा पर्दैनन् । किनभने आफ्नो इच्छा अनुसार, उपभोक्ताहरु व्यवसायीको विरुद्धमा जान सक्दैनन् ।

निम्न अवस्थामा उपभोक्ताले आफूले किनेको सामान या सेवा फिर्ता गर्ने, साट्ने, मर्मत गर्ने, पैसा माग्ने कार्यको लागि व्यवसायीलाई दबाब दिन पाउँदैनन् :

एकपटक सामान किनीसकेपछि आफूलाई त्यो सामान आवश्यक भएन भनेर ग्राहकले व्यवसायीलाई पैसा फिर्ता गर्न दबाब दिन पाउँदैनन्।
अरु ठाउँमा सस्तोमा पाइएकोले त्यो सामान फिर्ता गर्ने हक ग्राहकलाई हुँदैन ।
सामान किन्नुभन्दा पहिले परिक्षण गरेर मात्र किनेको भएमा सामान फिर्ता गर्न दबाब दिन पाइंदैन ।
किन्नुभन्दा पहिले सामानमा केही खराबी छ भनेर व्यवसायीले जानकारी गराएको र जानकारी भएपछी पनि किनिएको छ भने त्यो सामान साट्न या पैसा फिर्ता माग्न पाइदैन ।
एउटा कामको लागि प्रयोग हुने वस्तु अर्कै काममा प्रयोग गरियो र त्यो खराब भयो भने फिर्ता गर्न पाइदैन ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments