काठमाडौं । नेपाली कांग्रेसले जारी महासमिति बैठकबाट पार्टीको एकिकृत संशोधित विधान मस्यौदा पारित गर्ने तयारी गरेको छ । लामो रस्साकस्सी पछि केन्द्रीय कार्यसमितिले पारित गरेको विधान मस्यौदा हिजो महासमिति बैठकमा प्रस्तुत गरिएको छ ।

संशोधित विधानमाथि छलफल गर्दै आजपारित गर्ने तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यसमितिले निकै लामो समय लगाएर पार्टीको विधान संशोेधनको मस्यौदा पारित गरेको हो ।

प्रस्तुत विधानमा महासमिति सदस्यहरुले आफ्नो राय सुझाब राख्ने क्रम आज पनि जारी रहेको छ । बन्द सत्रमा पार्टीको तर्फबाट प्रस्तुत भएका राजनीतिक, आर्थिक, र साङगठनिक प्रतिवेदनमाथिको छलफल भने सकिएको प्रवक्ताशर्माले जानकारी दिनुभयो ।

कांग्रेसको संशोधित विधानअनुसार सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८, कोषाध्यक्ष र प्रवक्ता गरी १५ जनाको केन्द्रीय पदाधिकारी रहने भएको छ । विधानलाई अन्तिम टुंगो लगाउँदै आजै महासमिति बैठक सक्ने तयारी कांग्रेसले गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments