मेलबर्न। पछिल्लो समय नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया प्रमुख शैक्षिक गन्तव्य बनेको छ। अष्ट्रेलियाले विदेशी विद्यार्थी सम्बन्धी नीति खुकुलो बनाउँदै २४ मार्च २०१२ बाट (स्ट्रिमलाइन भिसा) प्रक्रिया शुरू गरेपछि नेपाली विद्यार्थीलाई सजिलो भएको छ। अष्ट्रेलियाका ४१ विश्वविद्यालयले स्ट्रिमलाइन प्रोसेसु मार्फत विद्यार्थी आकर्षित गर्ने गरेका छन्। विश्वका १०० उत्कृष्ट विश्वविद्यालयमध्ये ७ वटा अष्ट्रेलियामै छन्।

आफूलाई उच्च शिक्षाको गन्तव्य बनाउन चाहेको अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा बिक्री भइने र पीआर प्रक्रियामा सामेल हुन पाउने भएकोले धेरै विद्यार्थी अष्ट्रेलियामा आकर्षित हुने गरेको कन्सल्टेन्सी संचालकहरू बताउँछन्। उनीहरूका अनुसार अष्ट्रेलिया पढ्न जान चाहेकामध्ये ८६ प्रतिशतको भिसा लाग्ने गरेको छ।

नेपाली विद्यार्थी आइटी, बिजनेश, एकाउन्टिङ, हस्पिटालिटी, नर्सिङ, फिजियोथेरापी, मेडिकल, बायोमेडिकल, बायो टेक्नोलोजी, फुड टेक्नोलोजी, वातावरण विज्ञान, इन्जिनियरिङ जस्ता विषय पढ्न अष्ट्रेलिया जान्छन्। जुनसुकै विषय अध्ययनका लागि पनि अंग्रेजी भाषा परीक्षा उत्तीर्ण हुनै पर्दछ। यसका लागि आईएलटीएस, टोफेल, पियर्सन टेष्ट वा सर्टिफिकेट एड्भान्स इङ्गलिस (सीएई) लगायतका कोर्स डिजाइन गरिएका छन्। ६ साताको यस्ता कोर्षका लागि एजुकेशन कन्सल्टेन्सीहरूले रु ५ हजारदेखि रु १२ हजारसम्म लिने गरेका छन्। कलेज वा विश्वविद्यालयले भर्ना स्वीकृति दिएपछि ब्रिटिश काउन्सिलले लिने परीक्षामा सामेल हुन विद्यार्थीले रु १३ हजार ८०० बुझाउनुपर्छ।

अंग्रेजी भाषा परीक्षामा मात्र होइन, भिसा आवेदनदेखि अष्ट्रेलियामा बस्दा लाग्ने खर्चसम्मको बन्दोबस्त गर्नुपर्ने हुन्छ, विद्यार्थीले। तीनवर्षे स्नातक पढ्न जाने विद्यार्थी ६ महीनाका लागि कम्तीमा रु १५ लाखसम्म खर्च गर्न सक्ने हुनुपर्छ। पहिलो ६ महिनाको ट्यूसन शुल्क, टिकट, ट्राभल चेक, भिसा आवेदन शुल्क जस्ता खर्च यही पैसाबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ। ६ महीनाको ट्यूसन शुल्कमा १० हजार डलर बुझाउनुपर्छ। अस्ट्रेलियामा विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउँछन्। दुई सातामा ४० घण्टा काम गरेर यत्रो शुल्क बुझाउनु असम्भवप्रायः हुन्छ।

अष्ट्रेलिया नै किन ?

-विश्वसनीय विश्वविद्यालय

-अन्तर्राष्ट्रिय स्तरको पढाइ

-पीआर प्रक्रियामा सामेल

-सामाजिक प्रतिष्ठा

-नाम र दाम दुवैको आकर्षण

-कुनै किसिमको भेदभाव नहुनु

-स्वदेश फर्केकाहरू उदाहरणीय काममा जम्नु

विद्यार्थीको तयारी

-अंग्रेजी भाषा परीक्षा उत्तीर्ण

-सही कलेज र विषयको छनोट

-भिसा आवेदन, कलेजको ट्यूसन तथा बस्दा लाग्ने खर्चको जोहो

कन्सल्टेन्सीले के सिकाउँछ ?

-राम्रा कलेजको खोजी

-आवेदन, भिसा प्रक्रियामा सहयोग

-लाग्ने खर्चको विवरण

-पढाइसँगै काम खोज्ने उपाय

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments