पोखरा। स्वतन्त्र नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफै गाडी हाँकेर गइ विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका छन्।

पूर्व निर्धारित तालिका अनुसार पूर्वराजा ज्ञानेन्द्र शनिबार विहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न पुगेका हुन्। उनी त्यहाँ पुग्दा सर्वसाधारणले भव्य स्वागत गरेका थिए ।

उनले विन्ध्यवासिनी मन्दिरको दर्शन गरे । उनलाई भक्तजनहरुसहितका सर्वसाधारणहरुले मन्दिर परिसरमै भव्य स्वागत गरेका थिए । पुष दुई गते पोखरा आएका उनी दुई साता बढी पोखरा रहने कार्यक्रम रहेको छ।

Comments

comments