मेलबर्न । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियन व्यवसायिक क्रिकेट लिग बिगब्यासमा खेल्दैछन् । उनी मेर्लबर्न स्टारर्स टिमबाट खेल्न लागेका हुन् । बिहिबार बिहान स्टार्सले आफ्नो अधिकारिक वेबसाइटमा सन्दीपसहित सिड्नी थन्डर्ससँग खेल्ने सम्भावित १३ खेलाडीहरूको नाम सार्वजनिक गरेको थियो ।

सन्दीप शुक्रबार क्यानबेराको मानुका रंगशालामा हुने मेलवर्न स्टार्स र सिड्नी थन्डर्स बीच हुने खेलमा उत्रदैछन् । बिग ब्यास लिगमा मेर्लबर्न स्टार्सको नेतृत्व चर्चित क्रिकेटर ग्लेन म्याक्सवेलले गर्दैछन् भने टिममा बियर, ड्वाइने ब्राभो, एडम जाम्पा, मार्कस स्टोइन्स जस्ता खेलाडीहरू छन्।

मेलवर्न महोत्सवका दौरान आफू व्यस्त भएकोले नेपाली दाजुभाइ तथा प्रशंसकहरूलाई समय दिन नसकेको भन्दै सन्दीपले नेपाल र नेपालीप्रति आफ्नो आदर र प्रेम रहेको बताए ।

अष्ट्रेलियाको व्यवसायिक क्रिकेट लिग बिग ब्यासमा एडलेड स्ट्राइकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी ८ टिम समावेश छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments