काठमाडौँ ।  सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।

सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो ।

मंसिर २६ मा दर्ता नम्बर ०७५–एपी–०२६९ भएको अवहेलना मुद्दा पुस १ मै पेसीमा चढ्दा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसलासहितको मिसिल झिकाउने आदेश भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments