काठमाडौं । अष्ट्रेलियन डलरको मूल्य लगातर ओरालो लाग्ने क्रम शुरु भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारकालागि एक अष्ट्रेलियन डलरको विक्री दर ७९ रुपैयाँ ८८ पैसा तोकेको छ । विहीवार ८१ रुपैयाँ २० पैसा थियो ।

यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७९ रुपैयाँ ४५ पैसा तोकिएको छ । विहीवार ८० रुपैयाँ ७७ पैसा थियो ।

शुक्रवार एक अमेरिकी डलरको विक्री दर १११ रुपैयाँ ८३ पैसा र खरीद दर १११ रुपैयाँ २३ पैसा तोकेको छ । विहीवारको तुलनामा अमेरिकी डलरको मूल्य पनि घटेको हो ।

राष्ट्र बैंकले एक युरोको विक्री दर १२८ रुपैयाँ २२ पैसा र खरीद दर १२७ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ ।

Comments