काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ ।

एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको हो ।

एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सई, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो ।

छानविन समितिले १८ जना प्रहरीकै गल्नी प्रस्ट रुपमा औँल्याएको छ ।

Comments

comments