मेलबर्न। अष्ट्रेलियामा सुरेन्द्र सेढाई प्रतिष्ठित बायर्स च्वाइस बिजनेस एक्सिलेन्स अवार्ड २०१८ बाट सम्मानित हुनुभएको छ । बायर्स च्वाइस कम्पनीबाट होम लोन एड्भाइजरी सर्भिस प्रदान गर्दै आउनुभएका उहाँको कार्यलाई कदर गर्दै एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो । सेढाई यसअघि ‘बायर्स चोइस एक्सिलेन्स अवार्ड’ २०१६ र २०१७ बाट समेत सम्मानित हुनुभएको थियो ।

सुरेन्द्र सेढाईले यो वर्ष एक्सिलेन्स अवार्ड संगै ‘ब्रोकर अफ द इयर’ को अवार्ड समेत प्राप्त गर्नुभएको छ । सम्मानपछि खुशी व्यक्त गर्दै उहाँले वर्षको अन्त्यमा पाइएको यो सम्मानले सुखद अनुभूति दिएको बताउनुभयो । आफूहरुको कडा मिहिनेतको साथै आफ्ना ग्राहकहरुको असीम माया र समर्थनको कारण आफूले यस्तो सम्मान पाउन सफल भएको सेढाईले बताउनुभयो ।

चितवन जिल्लाको राप्ती नगरपालिकामा स्थायी घर हुनुभएका सुरेन्द्र सेढाई विद्यार्थी भिसामा अष्ट्रेलिया आउनुभएको हो । अष्ट्रेलिया आएर काम तथा पढाइलाई निरन्तरता दिंदै जानुभएका उहाँ हाल नेपाली समुदायमा सफल व्यवसायी मध्येमा मानिनुहुन्छ । उहाँले हाल ‘बायर्स चोइस मोर्टेज एण्ड फाइनान्स’ नामक फाइनान्स कम्पनी चलाइरहनुभएको छ ।

आफ्नो व्यावसायिक जीवनको बारेमा उहाँ भन्नुहुन्छ, ” अष्ट्रेलिया आएपछि अरु विद्यार्थी जस्तै म पनि, अध्ययन र विभिन्न थरि काम गर्नमै लागिरहें। त्यसपछि आफ्नै केही गरूँ भन्ने व्यक्तिगत चाहना अनि श्रीमतीको साथ र प्रेरणाले २००८ देखि व्यवसायिक क्षेत्रमा हाल हालेको हूँ । अहिले म फाइनान्स चलाइरहेको छु, जसको मूख्य क्षेत्र होम लोन हो । ”

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments