मेलबर्न । अष्ट्रेलियामा एक्स्पर्ट क्रिकेट फेस्टिभल २०१८ हुनेभएको छ । क्रिकेट फेस्टिभल अष्ट्रेलियाका चार मुख्य शहरमा हुनेछ । ‘सबै मिली नेपाली क्रिकेटको प्रबर्द्धन गरौँ ‘ भन्ने नाराका साथ एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सीले कार्यक्रमको आयोजना गरेको हो ।

एक्स्पर्ट क्रिकेट फेस्टिभल २०१८ मा अतिथीको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस शाह सहित दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान आउने आयोजकले बताएका छन् । सहभागीहरुले पारस शाह, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधानसंग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुका साथै खेल सिक्ने अवसर समेत पाउनेछन् ।

एक्स्पर्ट क्रिकेट फेस्टिभल २०१८ मेलबर्नमा आगामी डिसेम्बर ३० मा, सिड्नीमा आगामी जनवरी ५ र ६ मा, ब्रिसबेनमा आगामी जनवरी १० मा र एडलेडमा आगामी जनवरी १२ मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments