काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको पाँच महिनाको छोराको लिंग गुमेको छ । आँगनमा छोरा सुताएर पानी लिन गएका बेला घरमै पालेको कुकुरले शिशुको लिंग खाइदिएको हो ।

मंसिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिङ्गको आधा भाग खाइदिएको सुजाताले बताउनु भयो । कुकुरले खाएर पिसाब नलीसमेत देखिएको अवस्थामा शिशुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदैछ । मेडिकलमा चार जना चिकित्सकको टोलीले पिसाश नलीको शल्यक्रिया गरेको छ । तस्बिरः कालिकान्युज डटकम

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments