काठमाडौं । ललितपुर पेट्रियट्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा ललितपुर पेट्रियट्सले काठमाडौं किंग्स इलाभेनलाई १ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको १ सय ९ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ललितपुरको जितमा योगेन्द्रसिंह कार्कीको प्रदर्शन महत्वपूर्ण रहयो । आठौं नम्बरमा ब्याटिङ गर्न आएका सिंहले नटआउट रहदै २८ रन बनाए । बलिङमा पनि सिंहको प्रदर्शन महत्वपूर्ण रहयो ।

२ दशमलव ५ ओभर बलिङ गरेका सिंहले १८ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको काठमाडौका लागि रोहन मुस्ताफाले ३२, सागर पुनले २९ र सिद्धान्त लोहनीले १६ रन बनाए । ललितपुरका योगेन्द्रसिंह कार्की र पवन सराफले तीन तीन तथा सन्नी पटेलले २ विकेट लिए ।

ललितपुरका कुशल भुर्तेलले २९, योगेन्द्रसिंह कार्कीले २८, ज्ञानेन्द्र मल्लले २१ रन बनाए । आज पराजित काठमाडौंले भोलि हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments