सिड्नी । अष्ट्रेलियामा लेबर पार्टीको मुख्यालयमा आइसीएसीले छापा मारेको छ । आइसीएसी ( Independent Commission Against Corruption ) न्यु साउथ व्ह्लेस सरकार अन्तर्गत भ्रष्टाचार विरुद्ध काम गर्ने स्वतन्त्र संस्था हो ।

आइसीएसीले मंगलबार बिहान न्यु साउथ व्ह्लेसमा रहेको लेबर पार्टीको मुख्यालयमा छापा मारेको छ । लेबर पार्टीका धेरै नेताहरु भने यतिबेला एएलपी राष्ट्रिय सम्मेलनको लागि एडलेडमा छन् । लेबर पार्टीले कुनै प्रतिक्रिया दिन नमानेको स्थानिय संचारमध्यमले जनाएका छन् ।

आइसीएसीले अनुसन्धान भइरहेकोले यसबारेमा अहिले थप कुरा बाहिर नल्याउने जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments