मेलबर्न । अष्ट्रेलियामा विद्यार्थी भिसाको लागि विद्यार्थीको चरित्र तथा क्रियाकलापलाई प्राथमिकतामा राख्ने गरिन्छ । आफ्नो चरित्र तथा क्रियाकलापका कारण विगत सात वर्षमा ९६ हजार ५ सय जना भन्दा बढी विद्यार्थीको भिसा रद्द भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको विभागले सार्वजनिक गरेको उक्त सुची अनुसार, ड्रग्स, यौन हिँसा, चोरी-डकैती, अन्य हिंसात्मक क्रियाकलापका कारण भिसा रद्द गरिएको हो । २०१५ जुन देखि डिसेम्बर २०१७ सम्ममा मात्र ४४ हजार ५ सय जना भन्दा बढीको भिसा रद्द भएको छ । उक्त तथ्यांक अनुसार, गत वर्ष भिसा रद्द हुनुको मुख्य कारण लागु औषध र हिंसात्मक क्रियाकलाप पाइएको थियो ।

पछिल्लो समय चारित्रिक जांचलाई कडाइ गरिएका कारण विद्यार्थी भिसा रद्द हुनेको संख्या ह्वात्तै बढेर गएको छ । अष्ट्रेलियामा सबैभन्दा बढी विद्यार्थी भिसा रद्द हुने दश देशको सूचीमा चीन र भारत समेत परेका छन् । उक्त सूचीमा चीन नवौं स्थानमा परेको छ भने भारत दशौँ स्थानमा परेको छ । त्यस्तै, उक्त सूचीको पहिलो स्थानमा न्युजिल्याण्ड, दोस्रोमा बेलायत र तेस्रोमा भियतनाम परेका छन् । उक्त सूची अनुसार, नेपालबाट जाने विद्यार्थीको भिसा रद्द भएको घटना न्युन छ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments