काठमाडौं । महोत्तरीको औरही फुलबरियामा केहीदिन अघि फेला परेको शव यौनसम्बन्ध लुकाउन गरिएको हत्यामा जोडिएको पाइएको छ । ४० वर्षीय किसान बेचु महतोको हत्या स्थानीय जितनी देवी महतो, सुशील सहनी र अनिलकुमार ठाकुरले गरेको खुलेको छ ।

मंसिर २४ गते राति आफ्नो तरकारी बारी नजिकै बेचुले जितनी र सुशीललाई आपत्तिजनक अवस्थामा भेटेका थिए । सुशील भागेका थिए भने बेचुले जितनीको मोबाइल लगेका थिए । प्रहरीका अनुसार, जितनीले मोबाइल माग्दा यौनसम्बन्ध राख्न प्रस्ताव गरेको र नत्र काठमाडौंमा रहेका पतिलाई भनिदिने भनेर धम्काएका थिए । जितनीले यो खबर सुशीललाई भनेपछि अर्को दिन उखुबारीमा यौनसम्बन्ध राख्न बोलाएका थिए । जितनी र बेचु गफ गरिरहेका बेला सुशील र अनिलले बेचुको हत्या गरेका थिए ।

हत्यापछि बेचुको शव २ सय मिटर पर घिसारेर लगेर फालिइएको थियो । मंसिर २६ गते बेचुको शव भेटिएको थियो । राति सँगै सुतेका पति कतिखेर उठेर गए, पत्नी राधादेवीलाई थाहै भएन । र, उनका पति कहल्यै नआउने भए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments