काठमाडौं । पछिल्लो चार महिनामा १० अर्ब २८ करोड रुपैयाँको औषधि आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा २७ अर्ब ७९ करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो ।

चालु आर्थिक वर्षमा भारतबाट ७ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ । नेपालमा ३ सय बढी विदेशी औषधि कम्पनीले औषधि आयात गरिरहेका छन् । औषधि ऐन २०३५ अनुसार औषधि आयात भइरहेको छ ।

नेपालमा भारतपछि बेल्जियम, स्विट्जरल्याण्ड, चीन, नेदरल्याण्ड, जर्मनी, अमेरिका, इटली, बंगलादेश, फ्रान्सबाट औषधि आयात भइरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments