काठमाडौं । मिस वल्र्डमा नेपाल सुन्दरी श्रृंखला खतिवडाले टप १३ मा स्थान जमाएको खबर सेलाउन नपाउदै अर्की नेपाल सुन्दरी मिस युनिभर्सको टप टेनमा पर्न सफल भएकी छिन् ।

नेपालकी मनिता देवकोटा मिस युनिभर्स २०१८ को टप टेनमा छनौट भएकी हुन् । यो अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धी हो ।

पूर्व मिस नेपाल एवम् सञ्चारकर्मी माल्भिका सुब्बाले मनिता देवकोटा मिस युनिभर्सको टप टेनमा परेको खबर पुष्टि गर्दै लेखेकी छिन्–मनिताको उपलब्धी हामीले पाएको सबैभन्दा ठूलो हो ।

तर ६७ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिररहेकी मनिता शीर्ष पाँचमा भने अटाउन सकिनन् । टप ५ मा फिलिपिन्स, पुयोर्टो रिको, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएला छनौट भए ।

यी पाँच देशका सुन्दरीले प्रश्नोत्तर चरण पार गरेपछि शीर्ष तीनमा छनोट गरिनेछन् ।

मिस युनिभर्स २०१८ आज सम्पन्न हुँदैछ ।

Please follow and like us:

Comments