काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अमेरिका जानुहुने भएको छ । मन्त्री ज्ञवाली अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग वार्ता गर्न बिहान त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पुस ३ गते वासिङ्टन डिसीमा मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पियोबीच वार्ता हुनेछ । मन्त्री ज्ञवालीले भ्रमणमा राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएआइडी र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग बेग्लाबेग्लै भेटघाट गर्ने मन्त्रालयले जनाएको छ ।

पुस ३ गते नै परराष्ट्र सचिव शङ्करदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने कार्यक्रम छ ।

सचिव वैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी हुनुहुन्छ । मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments