मेलबर्न । अष्ट्रेलियामा पढ्न तथा आफ्नो करियर अगाडी बढाउन चाहने विद्यार्थीहरुका लागि विश्वसनीय माध्यम बन्दै आएको एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी उत्कृष्ट एजेन्ट अवार्डबाट सम्मानित भएको छ ।

धेरै वर्ष अगाडी देखी ठूलो संख्यामा नेपाल, भारत लगायतका एसियाली देशका विद्यार्थीहरु तथा दक्षिण अमेरिकी विद्यार्थीहरु पढ्ने Holmes Institute ले “Top Agent Award – 2018” द्वारा एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सीलाई सम्मानित गरेको हो । एक्स्पर्ट एजुकेशनले यो अवार्ड पाएको यो लगातर १०औँ वर्ष हो।

आफ्नो सेवा र विश्वनीयतालाई कायम राख्दै आएको एक्स्पर्ट एजुकेशनले केही दिन अगाडी चार्ल्स स्टर्ट युनिभर्सिटीबाट स्टडी ग्रुपको लागि “Best Performing Agent – 2018” अवार्ड समेत पाएको थियो ।

अवार्ड प्रदान गर्ने संस्था, एक्स्पर्ट एजुकेशनलाई विश्वास गरेका विद्यार्थीहरु लगायत सम्पूर्ण शुभेक्षकलाई धन्यवाद दिंदै सागर अर्यालले भन्नुभयो, ” यहाँ सम्मको यात्राको लागि हामी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा नेपाली समुदाय प्रति कृतज्ञ छौं । यो अवार्ड हाम्रो लागि ठूलो उपलब्धि त हो नै, साथमा जिम्मेवारी पनि हो । हामी जिम्मेवारीलाई बोध गर्दै आगामी दिनमा पनि सेवाभावलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रतिबद्ध छौं । ”

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments