काठमाडौं । सवारी जामलाई कमी ल्याउन महानगरपालिकाले आजदेखि पिक एण्ड ड्रप अभियान शुरु गर्दैछ । टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले आजदेखि यात्रु पर्खेर बस्न नपाउने भएका हुन् ।
सवारी साधनले यात्रु कुरेरबस्दा इन्धन जलेर वातावरणमा ह्रास आएको र यात्रुको महत्वपुर्ण समय खेर गएको भन्दै ‘पिक एण्ड ड्रप’ अभियान शुरु गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराल्ने वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ ।यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने तयारी रहेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भयो ।

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

    career-in-aus

Comments

comments